थप ३७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्।
तीमध्ये ५ लाख १५ हजार ५९१ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना संक्रमित निको भएका छन्।
नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।