सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसले बैतडीको डिलाशैनीका योजनाहरुको अनुगमन गर्ने

२०७८ जेठ २६, ०५:४६ खबर संवाददाता

बैतडी:  नेपाली कांग्रेसले बैतडीको डिलाशैनी गाउँपालिकामा भइरहेका विकास निर्माणका योजनाहरुको अनुगमन गर्ने भएको छ।

विकासका नाममा हुनसक्ने अनियमितता रोक्नका लागि आफूहरुले प्रत्येक वडामा पुगेर अनुगमन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका आमन्त्रित जिल्ला कार्यसमिति सदस्य जयराज जोशीले बताए।

प्रत्येक वडामा पार्टीका तर्फबाट अनुगमन समिति गठन गर्ने र योजनाहरुको अनुगमन गरिने जोशीले जानकारी दिए। 

केही दिनअघि गाउँपालिकाको वडा नम्बर ७ मा बसेको कांग्रेस वडा कार्यसमितिको बैठकले पालिकास्तरीय १० शय्याको अस्पताल निर्माणका लागि उपयुक्त स्थानको खोजी गर्ने निर्णय गरेको थियो। अहिले सो अस्पताल निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ। तर अस्पताल निर्माणका लागि उपयुक्त स्थान छनौट नगरेको जोशीले आरोप लगाए।

यस्तै पालिकामा भइरहेको भ्रष्ट्राचार र अनियमितिता रोक्नका लागि वडा नं ७ मा केशवदत्त जोशीको संयोजत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको जोशीले बताए। 

कमेन्ट लोड गर्नुस