बैतडीमा जेठ २८ गतेदेखि लगाइनेछ भेरोसेल खोप
बैतडी: बैतडीमा कोरोना विरुद्धको भेरोसेल खोप लगाईने भएको छ।
देशका विभिन्न जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु भएपनि बैतडीमा भने जेठ २८ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
सुरुमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिने भनेकाले व्यवस्थापनका कारण खोप अभियान सुुरु गर्न केही ढिलाई भएको उनले बताए।
बैतडीमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान गरिएको छ।