सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञाको पालना गराउन खोज्दा झडप, डीएसपीसहित ६ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २४, १२:४० खबर संवाददाता

काठमाडौं: रौतहटमा निषेधाज्ञाको पालना गराउन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। 

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन्। 

रौतहटको गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेको र सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ। 


 

कमेन्ट लोड गर्नुस