सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ जेठ २३, ०४:०१ रासस

दार्चुला: यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भीरबाट लडेर मृत्यु भएको हो। 

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए। 

महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ। यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन्।

कमेन्ट लोड गर्नुस