बैतडीमा एक मन्दिरबाट पैसा चोरी
२०७८ जेठ २२, ०२:२९
धनगढी: बैतडीमा एक मन्दिरबाट पैसा चोरी भएको छ।
जिल्लाको पाटन नगरपालिका -६ स्थित रामेश्वर धाममा रहेको मन्दिरबाट पैसा चोरी भएको हो।
शुक्रबार राति अज्ञात समूहले मन्दिरको ढोका र दानपेटिका फुटाएर पैसा चोरेको बताइएको छ।
दानपेटिकामा पैसा कति थियो भन्ने नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
कमेन्ट लोड गर्नुस