सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको छैन : डब्लुएचओ

२०७८ जेठ २०, ०२:५० कमल सावद

काठमाडौं: विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ।

अहिले नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो।

डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो।

‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ।  नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७ं), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ। यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ।  

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस