सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगोले जलेर घाइते भएकी लक्ष्मीलाई प्रदेश सरकारले २ लाख दिने

२०७८ जेठ १९, ०२:५७ खबर संवाददाता

धनगढी: घरमा सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख दिने निर्णय गरेको छ। 

बुधबार मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले जानकारी दिइन्। 

यही जेठ १२ गते बुधबार राति अज्ञात व्यक्तिले आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन्।

जिल्लामा उपचार गर्न सम्भव नभएपछि सोमबार लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। 

सम्बन्धित समाचार 
ढोका बन्द थियो, मेरो र छोरीको शरीरमा आगो सल्कियो, झ्यालबाट निस्कन सकिन : डोटीकी लक्ष्मी
 

कमेन्ट लोड गर्नुस