दार्चुलाको खलंगा क्षेत्रको महाकाली नदीबाट बालुवा गिट्टी निकाल्न रोक
धनगढी: दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदीबाट बालुवा गिट्टी निकाल्नमा रोक लगाइएको छ।
महाकाली नदी नियन्त्रण आयोजनाले मंगलबार सूचना जारी गर्दै नदीमा निर्माण गरिएको पक्की तटबन्ध संरचनाको १० मिटर क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु निकाल्दा पक्की संरचनामा क्षति हुनुका साथै ठूलो विपदको सम्भावना हुने भएकाले आनाधिकृत रुपमा सो कार्य नगर्न आग्रह गरेको हो।
साथै ट्रयाक्टर स्काइभेटर लगायतका साधनहरु नलैजान पनि सूचनामार्फत आग्रह गरेको छ।