सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा निषेधाज्ञा लम्बियो

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १०, ११:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना संक्रमण दर घट्न नसेको भन्दै जेठ २० गते सम्मका लागि विषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले दार्चुला जिल्लाभरी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याएको हो। 

यसअघि गत वैशाख ३० गते जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरेको थियो। 

जिल्ला प्रशासन कार्यालयले एक सुजना जारी गर्दै निषेधाज्ञा जेठ २० गते सम्मका लागि लम्ब्याइएको जानकारी गराएको हो। 

 

कमेन्ट लोड गर्नुस