जिल्ला अस्पताल बैतडीलाई स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स हस्तान्त्रण
बैतडीः जिल्ला अस्पताल बैतडीलाई शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले एम्बुलेन्स हस्तान्त्रण गरेको छ।
कोरोना महामारीसम्मबढे संगै आफैंले सञ्चालन गरिरहेको एम्बुलेन्सलाई अब अस्पतालमार्फत सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ।
कोरोना संक्रमण नियन्त्रण नहुँदासम्म अस्पताललाई एम्बुलेन्स हस्तान्त्रण गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।
संक्रमितलाई आकस्मिक रुपमा बाहिर लैजानुपरेमा अथवा कुनै बिरामीलाई अस्पताल ल्याउनका लागि अस्पतालमा सम्पर्क गर्नुपर्ने उनले बताए।