सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ ८, ०१:४१ खबर संवाददाता

बझाङ – बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो। 

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो।

केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस