नेशनल माइक्रोफाइनाइन्सद्वारा भात्काँडा प्रहरीलाई पञ्जा, मास्क र सेटिनाईजर सहयोग
डडेल्धुराः नेशनल माइक्रोफाइनाइन्स लघुवित्त वित्तिय संस्था लिमिटेडले भात्काँडा प्रहरी चौकीलाई पञ्जा, मास्क र सेटिनाईजर सहयोग गरेको छ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका भात्काँडा वडा नम्बर १ मा रहको नेशनल माइक्रोफाइनाइन्स लघुवित्त वित्तिय संस्थाले भात्काँडा प्रहरी चौकीलाई १ सय थान पञ्जा, १ सय थान मास्क र ५ लिटर सेटिनाईजर सहयोग गरेको हो।
कोरोना महामारीका बेला जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीहरूलाई सम्मान स्वरूप सानो सहयोग गरेको नेशनल माइक्रोफाइनाइन्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा प्रबन्धक हरिप्रसाद उपाध्यायले बताए।