सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगङ्गाका सङ्क्रमितको मनोबल बढाइँदै

। फोटो स्रोत ।
२०७८ जेठ ५, ०७:४१

मसुरिया–कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक बढी रहेको खबर सुनेर अब आफू पनि नबाँचिने हो कि भनेर अत्यधिक तनावमा रहेका कैलालीको गौरीगङ्गा नगरपालिका–९ का कोरोना सङ्क्रमित शङ्कर चौधरी ९नाम परिवर्तन० लाई केही दिनदेखि तनाव कम हुँदै गएको  छ।

सङ्क्रमण देखिएदेखि नै होम आइसोलेशनमा बसेका चौधरी आजभोलि कोरोना जित्न सकिन्छ, आत्मबल बलियो बनाउनुपर्ने भन्छन्। चिन्ता नलिएर यो समयमा विभिन्न पुस्तक अध्ययन गरेर बसेको उनले बताए। “सङ्क्रमित भएपछि अब बाँच्दिन झँै लागेको थियो, कोही भेट्न नआउने खाली यति मरे उति थपिए मात्र खबर सामाजिक सञ्जालमा देखिने भएका कारण तनाव हुन्थ्यो। तर आजभोलि कोरोनालाई जित्न सक्छु भन्ने लाग्छ र क्रमिक सुधार हुँदै आएकाले खुशी छु”,उनले भने।  

गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारी लगायतको टोलीले आफूलाई परामर्श दिँदै आएको उनले बताए। उहाँहरू आएर सङ्क्रमण हटाउन सकिने तर यसका लागि आफूलाई कमजोर महसुस नगर्ने तथा घरमा उपलब्ध स्वास्थ्य उपाय अपनाउने र अप्ठ्यारो परे आफूहरूलाई जानकारी गराई अस्पताल लिएर जाने भनेपछि मनोबल बढेको चौधरी बताउछन्। 

चौधरी जस्तै कोरोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसेका गौरीगङ्गा नगरपालिका–९ का एक अर्का सङ्क्रमितमा पनि अहिले कोरोनालाई पराजित गर्ने साहस थपिएको छ।  सङ्क्रमण देखिएपछि एक किसिमको ऊर्जा, तन र मनमा सकिएको थियो। तर स्थानीय जनप्रतिनिधि वडाध्यक्षसहितको टोलीले घरमा आएर तथा टेलिफोनबाट बारम्बार सल्लाह र ऊर्जा थपिदिँदा भने कोरोना परास्त गर्ने साहस बढेको उनले बताए।

यस्तो समयमा ऊर्जा थप्ने सल्लाह मात्र भए पनि रोगलाई हराउन सकिन्छ भन्ने भावना जागेर आउने रहेछ।  त्यस्तै भयो मलाई पनि । उहाँहरूको सल्लाहले एक किसिमको ऊर्जा थपियो।

दोस्रो भेरियन्टको कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरू लगातार बढी रहेको खबरका कारण अत्यधिक तनावमा बसिरहनुभएका भएका सङ्क्रमित चौधरीलाई घरमै गएर हौसला प्रदान गरेको वडाध्यक्ष हरिप्रसाद तिवारीले बताए। “यस पटकको सङ्क्रमणमा धेरैले ज्यान गुमाएका कारण होम आइसोलेशनमा बसेका सङ्क्रमितहरू उच्च तनाव लिने गरेको, झोक्राउने गरेको तथा आफू पनि अब नबाँच्ने किसिमका अभिव्यक्ति दिने गरेको उनीहरूका परिवारका सदस्यहरूले बताएपछि हामी उनीहरूको घरमै गएर हौसला प्रदान गर्दैछौँ”, अध्यक्ष तिवारीले भने।

मृत्यु र तीव्र सङ्क्रमणको खबरले सङ्क्रमितहरूको मनोबल कमजोर हुने र अनेक किसिमका कुराहरू सोचेर आफूलाई कमजोर बनाउने किसिमका गतिविधिले आत्मबल कमजोर हुँदा अझै समस्या हुन्छ त्यसैले नआत्तिनुस् भनी सम्झाउने गरेको अध्यक्ष तिवारीले बताए।
 

कमेन्ट लोड गर्नुस