सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

२०७८ जेठ ५, ०७:४८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। 

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय नविन भाट र २० वर्षीय रोहीत सुनार पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटीएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सुकासालस्थित बिक्रि बितरणको लागी तयारी अवस्थामा रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रिले बताए। 

उनीहरुको साथबाट १.९० र ०.०४ गरी १.९४ ग्राम लागु औषध (खैरो हेरोईन )  फेला पारेको थापाक्षेत्रीले बताए। 

लागु औषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्त्रान भइरहेको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस