प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन
२०७८ वैशाख २९, ११:३३
काठमाडौं: बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत उनको मंगलबार साँझ निधन भएको बताइएको छ।
चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कमेन्ट लोड गर्नुस