बैतडीमा एक जना कोरोना संक्रमितको मृत्यु
२०७८ वैशाख २७, ०४:४५
धनगढी: बैतडीमा दएक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला अस्पताल बैतडीमा उपचाररत दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो।
यही वैशाख २३ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले बताए।
कमेन्ट लोड गर्नुस