सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमममा सार्वजनिक सवारी साधनको यात्रा सहज भएन

टिकट काटेको बस बसपार्कमा पाईदैन

२०७५ असोज २७, ०९:४३ कमल सावद

धनगढी बसपार्कबाट असोज २७ गते बैतडी जान २२ गते नै कमल भट्राईले तीन जनाका लागि टिकेट लिए। तर ना ६ ख १८३१ नम्बरका बस धनीले उनलाई बैतडी सम्मको यात्रामा लैजान मानेनन्। भट्टराईले तीन जनाका लागि बैतडी अनारखोली सम्मको लागि एक हजार ३ सय २० रुपैया समितिलाई बुझाएका रहेछन। टिकट सहित उनि असोज २७ गते बसपार्क आए। तर बस धनीले बसको १५,१६ र १७ नम्बर सिट नै खाली नभएको बताएपछी उनी बसपार्कमा अलपत्र परे। 


चाँडपर्बको समयमा बस धनीहरुले बढी यात्रु राखेर होस या मनोमानी, बिना रुट प्रमिट सार्वजनिक सवारी चलाएर होस नाफा कमाउनै पर्ने परिपाटी छ। बस धनीहरुले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत लामो दुरीका यात्रुहरुलाई मात्र लैजाने गरेका छन। बसपार्कमा टिकट अग्रिम बुकिङ्ग भईरहेको छ। तर समन्यको अभाव छ। समितिका काउण्टर र बस धनीहरुमा सम्वन्यको कमी छ भने सार्वजनिक बस धनीहरुको मनोमानी छ। उनीहरु न समितिको भनेको मान्छन न त यात्रुहरुले।
सार्वजनिक यातायात समितिहरुले भाडादरमा पहिलेको तुलनमा १० प्रतिशत बढाएका छन। यात्रु लिएर पहाड गएको ६७५१ नम्बरको सुदूरपश्चिम यातायात समितिको बस पहाडबाट धनगढी आउदै आएन। सो बसमा शनिबार दार्चुलाका लागि टिकट बुक गरिएको थियो। दिउसो २ बजे बसपार्क बोलाएका यात्रुहरु बसपार्कमा अलपत्र थिए। उनीहरुले समितिहरुले धोका दिएको गुनासो गरेका छन। दार्चुला पस्तीका बिक्रम धामीले बसको टिकेट हिजै काटेको भएपनि बस नआएको बताए। उनले समितिले अर्काे बिकल्प नदिएको बताए।

धामी जस्तै धनगढी बसपर्कमा धेरै यात्रुहरु यात्रा गर्न पाईने वा नपाईने भन्ने बिषयमा अलमलमा थिए। उनीहरु दिउँसो २ बजे बस दार्चुला जाने भनेपछि १ बजे नै बसपार्क पुगेपनि बसपार्कमा टिकट बुक भएको बस नै नपाएपछि अन्यौल थियो। समितिहरुले भने दैनिक रुपमा सवारीका साधन बढाएको बताउदै आएको छ। सुदूरपश्चिम यातायात व्यवसाय समितीका अध्यक्ष पदम सापकोटाले बस कम भएकाले केही समस्या भएको बताए। उनले काउण्टरबाट बुकिङ्ग  भएको टिकटमा यात्रुलाई यात्रा गर्न समस्या नहुने बताए।

दशै तिहारको समयमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुको यात्रा सहज नभएको यात्रुहरुको गुनासो छ। सुदूरपश्चिम प्रदेशमा रहेका सार्वजनिक यातायात व्यवसायी समितिहरुले बसको संख्या थप गरेको बताए पनि यात्रा सहज छैन। बसपार्कमा रहेका समितिको टिकट काउण्टरबाट टिकट लियकाहरुले गाँउ जान नपायको दुखेसो गरेका छन। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस