सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोष कसलाई दिउँ ?

२०७८ वैशाख २६, ०३:१७

-प्रकाश विसी

आज म यो अवस्थामा दोष कसलाई दिउँ प्यारो मान्छे ? समयलाई दिउ कि तिमीलाई ? मलाई दिउँ कियो समाजलाई अनि भाग्यलाई दिउँ कि दोष, दिउँ भगवानलाई ? तर म यो सबै दोष समाज र भगवानलाई नै दिन्छु। 

यदि यो सबैले नियम नबनाएको भए त हामी कसलाई दिने थियौँ र दोष ? मलाई  पटक–पटक नराम्रोसँग पछारेको छ यो समाजको कुराले। अनि टाढाको कुनामा हुत्याएको छ समयले मलाई। हुन त जीवनको भोगाई मैले धेरै भोकेको त छैन् होला तर मैले जहाँसम्म भोके नि धेरै पाठ सिकायो जीन्दगीले।

थाहा छ ? आज दृष्टि भएर पनि दृष्टिविहिन भएको को छु। कता पाईला चाल्दा भविष्य उज्यालो हुन्छ। केही सोच्न सकेको छैन्। सायद तिम्रो साथ नभएर होला। यो एक मुठी स्वास भएको निर्जीव शरीर आज समयको हातमा छोडी दिएको छु। भन्छन् नि समयले दिएको चोटमा समयले मलम लगाउने छ। तर, मेरो त समयले दिएको चोटमा समयले कहिले मलम लगाउने हो त्यो हेर्न बाँकी छ।

यो जीवनको कही समयभएपनि यो यात्रासँगै गरौला सोचेको म आज तिम्रो साथ परजाओस् देख्न समेत नपाउने गरी अलग भयौँ हामी। थाहा छ होला आजभोलि म तिम्रो आवाज सुन्नको लागि पनि कति तड्पिएको छु? तर न भेट्छु तिम्रो हात, न तिम्रो साथ छ त केवल आभास, अनि तिम्रो याद।

म त एक पात्रमात्र हूँ जिन्दगीको। एउटा निरीह पात्र, जो आज एउटा जात र धर्मको निकै ठूलो जालोभित्र अल्झिएको छ। कर्म र विश्वास भन्दा पनि वर्ग र मानको अभिमानमा रुमल्लिएको छ। सुरु मैले यसैबाट गरे। 

जहाँ कुनै सुरुवातको सम्भावना थिएन तर पनि धेरै कुराहरु भएर पनि नभएझैँ नदीका दुई किनार भएर बसेका हामी। अब तिमी आफै भन मलाई म दोष कसलाई देउँ ? प्यारु यहाँ हजारौ ध्वनि गुंजन्छन् मेरो कानमा बस तिम्रो त्यो ध्वनी बाहेक। 

तिमी यही मनको चपेटामा परेर अल्झिएको कुरा त थाहा पायाैं नै होला। कुनै दिन तिम्रा लागि समर्पित त्यही मन आज दुश्मन बनेर अगाडि देखा पर्‍यो। तिम्रो अनुहार हेर्नको लागि मैले धाएको मेरो मन कहाँ पुगेन ? एकचाटी भएनि तिम्रो अनुहार हेर्नको लागि घरमा कतिसम्म झुट बोले म। अनि अफिसमा कति कुरा भने मैले।

आज म त्यसैले आफैलाई दोष दिँदैछु। हामीबीच लगातार भइरहेको कुरामा बीचमा आएको तिम्रो मान्छे जसले हामीलाई धेरै नै टाढा बनाइदियो। जब हामी बीचको कुरा बन्द भयो अनि तिम्रो मुहार हेर्नको लागि म कति तड्पिए त्यो मलाई मात्र थाहा छ। 

तिमीलाई लाग्दो हो, एउटा हँसिलो मुहारभित्र म कति सुन्दर देखिएको भनेर। उज्यालो अनुहारभित्र लुकेको पीडा कमैले महसुस गर्न सक्छन्। मान्छेहरु त बाहिरी आँखाले मात्र संसार नियाल्छन्। मान्छेको भित्री संसार अर्कै पनि हुन्छ।

एउटा पुरुषको हृदयमा बसेको महिलासँग विश्वका कुनै पनि मिस वल्र्ड प्रतिस्पर्धा गर्न सक्दैन्। हो त्यहि हृदयमा बसेकी मान्छे हौ तिमी। मलाई थाहा छ तिम्रो समस्या पनि तर....जहाँ इच्छा त्यहाँ उपाय अवश्य पनि हुन्छ। हाम्रो इच्छामा त कहिले लागेन उपाय.....।

म तिमीलाई भुल्न त सक्छु नसक्ने भन्ने कुरा त होइन तिमीलाई थाहा छ नि मानिसको शरीरको कुनै एउटा ठाउँमा जाबो एउटा काडा बिझ्दा त कति रुनु पर्ने गरि दुख्छ भने तिमी त मनमा सजाएको मान्छे हौँ कति मन दुख्छ होला ? अनि अर्को कुरा मैले सुनेको छु मुटु र धड्कनको विछोड भयो भने त्यसको परिणम मृत्यु हुन्छ। अब आफै भन तिमी? तिमी पनि मेरो मुटुको मान्छे हौँ। यदि तिमी नै टाढा भयौँ भने मेरो हालत के हुन्छ ?

तर पनि के भनु अब हाम्रो साथ यतिसम्म मात्र लेखेको रहेछ यसमा हामीले अब गुनासो गरेर केही हुने पनि होइन। अब हामी आफैले आफ्नो खुसि खोजेर रमाउन सिक्नुपर्छ। दोष त हामी दुवैले अब भगवानलाई दियौँ। जसले आज हामीलाई नदीका दुई किनार जस्तै बनाइदियो। भगवान म बिन्ती गर्छु माया गरेका हामी जस्ता मनहरुलाई अब कहिले पनि अलग बनाइदेऊ है।
 

कमेन्ट लोड गर्नुस