कञ्चनपुरमा पूर्व सांसदले डाक्टरलाई कुटे
कञ्चनपुरमा एक पूर्व सांसदले डाक्टरमाथि आक्रमण गरेका छन्। पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता दिवानसिंह विष्टले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डितलाई कुटपीट गरेका हुन्। शुक्रबार बिहान उपचारका लागि स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा ल्याइएकी २५ वर्षीय महिला चन्दा थापाको स्वास्थ्य स्थितीमा सुधार नभएपछि धनगढी रेफर गर्ने विष्टले आफूमाथि कुटपीट गरेको डाक्टर पण्डितले बताए।
विष्टले स्वास्थ्य केन्द्र अगाडिको रोडबाट पिट्दै आफूलाई कार्यालय सम्म पु¥याइएको बताए। डाक्टरमाथि कुटपीट गर्नुको कारण भने खुलेको छैन्। कुटपीटको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै श्रीपुर स्वास्थ्य केन्द्रले दोषीलाई कारवाहीको माग गरेको छ।