डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु
२०७८ वैशाख २२, १२:५७
डडेल्धुराः डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत ती पुरुषको बुधबार दिउँसो १२ बजे मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस