राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी
२०७८ वैशाख २१, ०५:००
काठमाडौँ : सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन्।
संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो। नेकपा रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो।
कमेन्ट लोड गर्नुस