दार्चुलामा पुलघाट बाहेकका सबै नाका बन्द
दार्चुला : दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट सीमा नाका बाहेक भारतसँग जोडिएका दार्चुलाका सबै सीमा नाका बन्द भएका छन्।
नेपाल सरकारको निर्णय अनुसार सुदूरपश्चिमका खलंगा, झुलाघाट, गड्डाचौकी र गौरीफन्टा नाका मात्रै खुला रहने र उल्लेखित चार नाका बाहेकका सबै सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएअनुसार दार्चुलाका खलंगा पुलघाट बाहेक भारतसंग जोडिएका सीमा नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुला प्रशासनका अनुसार लाली, जोलजिबि, दत्तु, तिग्रम, बडूगाउँ र सितापुल गरी भारतसंग जोडिएका आधादर्जन सीमा पुलहरु बन्द गरिएका हुन्।