बैतडीको झुलाघाट हेल्थ डेस्कका ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना पुस्टि
बैतडी: बैतडीको झुलाघाट हेल्थ डेस्कमा कार्यरत ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
बुधबार एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा जिल्लाका थप ४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
३६ वर्षीय ल्याब असिष्टेन्टसहित दशरथचन्द नगरपालिकाका थप ४ जनामा कोरोना पुस्टि भएको उनले बताए। दशरथचन्द नगरपालिका १० का २२ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका ८ का ३५ वर्षीय पुरुषमा कोरोना पुस्टि भएको हो।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको छ। सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७५ जना सक्रिय संक्रमित रहेका छन्।