एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित
काठमाडौँ :पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ ९एएएई० फेलो अवार्डबाट सम्मानित भएका छन् ।
इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवर्द्र्धनमा गरेको योगदानको कदरस्वरुप उनी आज सम्मानित भएको जनाइएको छ ।
सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।