बुधबार गौरीफन्टा नाकाबाट ४१ कोरोना संक्रमित भित्रिए
धनगढी: बुधबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बुधबार ६ सय ८८ जना भित्रिएका छन्। तीमध्ये ३ सय ५४ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुस्टि भएको उनले बताए।
उक्त नाकाबाट भित्रिएकामध्ये १३ हजार ४ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार ४ सय ९ जनामा संक्रमण पुस्टि भएको छ।
नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।