कैलालीका युवाले दिए ट्राफिक प्रहरीलाई मास्क
धनगढीः कैलालीका युवाहरुले सर्वसाधारण, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई मास्क वितरण गरेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका युवाहरुले पूर्व–पश्चिम राजमार्गको बढैपुरमा मास्क वितरण गरेका हुन्। उनीहरुले व्यक्तिगत खर्चमा कोरोना भाइरसको नयाँ प्रकारबाट जोगिन मास्क वितरण गरेको बताए।
‘आफू पनि बचौ, अरुलाई पनि बचाउ’ भन्ने जनचेतना स्वरुप मास्क वितरण गरिएको उनीहरुले बताएका छन्।
करिब ७ सय मास्क वितरण गरिएको युवक विवेक बिष्टले बताए। मास्क खरिदका लागि बुढो बेताल सामुदायिक वन र स्थानीय युवाहरुबाट आर्थिक संकलन गरिएको उनले बताए।