धनगढी उपमहानगरपालिकाले तोक्यो बार अनुसारको सेवा
धनगढी: धनगढी उपमहानगरपालिकाले बार अनुसारको सेवा तोकेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेकाले उप–महानगरपालिकाले यही वैशाख १२ गतेदेखि लागू हुनेगरी बार अनुसारको सेवा तोकेको हो। तर अत्त्यावश्यक सेवाका लागि भने बार नपर्खिनुपर्ने बताइएको छ।
हप्ताको आईतबारका दिन उपमहानगरपालिकाको वडा नम्बर १४, १८, १९ का सेवाग्राहीले सेवा लिन पाउने, वडा नम्बर १२, १५, १६, १७ का सेवाग्राहीले सोमबार सेवा लिन पाउने, वडा नम्बर १, २, ८ का सेवाग्रहीले मंगलबार सेवा लिन पाउने बताइएको छ।
त्यसैगरी बुधवारका दिन ७, ९, १० १३ का सेवाग्राही, बिहीबारका दिन ५, ६, ११ का सेवाग्राही र शुक्रबारका दिन ३ र ४ नम्बर वडाका सेवाग्राहीले सेवा लिन पाउने छन्।