सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १० दिनका लागि विद्यालय बन्द

२०७८ वैशाख ५, ०६:२६ खबर संवाददाता

धनगढी: बैतडीको मेलौली नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन्।

नगरपालिका क्षेत्रका विद्यालयहरु कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले यही वैशाख १४ गते सम्मका लागि बन्द गरिएका हुन्।

त्यस्तै नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले वडा नम्बर ७ को तोल्या गाँउका एक जनामा कोरोना देखिएपछि तोल्या क्षेत्र सिल गरेको बताइएको छ।

सो क्षेत्र अर्काे सुचना जारी नभएसम्मका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै कक्षा ११ र ८ को परीक्षाबाहेक अन्य कक्षाको परीक्षा यही वैशाख १५ गतेबाट सञ्चालन गरिने  बताइएको छ।

कमेन्ट लोड गर्नुस