सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको होटलमा भविष्य खोजिरहेका बालीको नेपाल फर्किने धोको (भिडियो कथा)

कस्मीर डायरी –भाग ०२

२०७५ असोज २०, १२:२१

रुकुमका बाली मगरको परिवार करिब ३०÷३५ वर्ष पहिले भारत बसाई सरेको हो। भारतमै जन्मेका बालीको बाल्यकाल भारतमै बित्यो। १० कक्षा सम्मको औपचारिक अध्ययन गरेका बाली भारतको काश्मीरमा बसोबास गर्छन्। होटल क्षेत्रमा काम गर्दै दैनिकी चलाइरहेका बाली कामका लागि कहिले गोवा त कहिले लेतीर जान्छन्। राम्रो काम र कमाईको आश बोक्दै २०५० सालमा उनी इराकतीर हानिए। आफ्नो दिदीको सहयोगमा ५ लाख खर्च गरेर इराक पुगेका उनले त्यहाँ भने अनुसार र सोचे अनुसारको काम पाएनन्। ‘इराकमा पाँच लाख गुमाए, एक रुपैया पनि कमाएन बालीले भने, अहिले इन्डियामा काम गदैछु ।’इराकमा राम्रो काम नमिलेपछि अलपत्र परेका बाली परिवारले पैसा पठाएपछि १ वर्षमा भारत फिर्ता भए। भारतको होटल क्षेत्रमा भविष्य खोजिरहेका बालीको योजना नेपाल फर्किने छ। एकदुई वर्ष पछि नेपाल फर्किएर यतै जम्ने धोको रहेको उनी सुनाउछन्। इराकको सम्झना गर्दै उनी भन्छन् इराकमा धेरै नेपालीहरु छन् जो ८÷९ वर्षदेखि घर फर्किन पाएका छैनन्। त्यहाँ उनीहरुको बिजोक छ। एजेण्टहरुले एक महिने भिषा दिएर इराक पठाउने गरेका कारण उनीहरु त्यहाँ अलपत्र पर्ने गरेको अनुभव बालीसँग छ। पैसा अभावमा भिषा नविकरण गर्न नसकेपछि मलेसियाबाट दिदीले टिकटका लागि पैसा पठाएपछि बाली घर फर्किएका हुन्। इराकमा अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने उनी बताउछन्। काश्मीरमा कुकको काम गर्दै आएका बाली मासिक १५ हजार तलब पाउछन्। वर्षमा ५० हजार सम्म बचत गर्न सकिन्छ। उनलाई नेपालमै आएर काम गर्ने र यतै जम्ने इच्छा छ।    
 

कमेन्ट लोड गर्नुस