सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने

२०७७ चैत्र ३१, ०१:५३ खबर संवाददाता

बैतडी: जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा सुरु हुने भएको छ।

 थाइराइड चेक गर्ने बिग्रीएको मशिन बनेपछि थाइराइडको चेकजाँच सेवा पुनः सुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो हुने उनले बताए। 

जिल्लामा अस्पतालमा २०७६ सालमै थाइराइड चेकजाँच गर्ने मशिन आएको भएपनि बिग्रेका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन्। 

जिल्ला अस्पतालले थाइराइड चेकजाँचका लागि ८ सय रुपैंया शुल्क निर्धारण गरेको छ।
 

कमेन्ट लोड गर्नुस