सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ प्रकारको कोरोना संक्रमण कसरी रोक्ने? विज्ञको सुझाव यस्तो

। फोटो स्रोत ।
२०७७ चैत्र ३०, ०१:५० खबर संवाददाता

धनगढी: नेपालमा कोरोना भाइरसको नयाँ प्रकारको संंक्रमण रोकथामका लागि कुन उपाय अपनाउने भन्ने विषयमा नै अन्योल जारी छ।  

संघीय स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीले कारोना भाइरसको लक्षण देखिएका बिरामीलाई नियमित रुपमा निगरानीमा राख्नसके केही हदसम्म संक्रमण फैलिनबाट रोक्न सकिने बताएका छन्।

उक्त विधिमा शंका भएका बिरामीहरुको नमुना लिई नियमित रुपमा जाँच गर्ने र निगरानी राखिरहनुपर्ने उनले बताए।

‘शरीरमा भाइरस प्रवेश गरेको छ कि छैन भन्ने विषयमा नियमित निगरानी गर्ने विधिलाई ‘एक्टिभ सर्भेलन्स्’ अर्थात निरन्तर निगरानी विधि भनिएको छ’ दिनेशखबरसँग कुरा गर्दै उनले भने। ‘यो विधि प्रयोग गरे नयाँ प्रकारको संक्रमण फैलिनबाट रोक्न सकिन्छ।’

तर उक्त विधिमा संघीय, प्रदेश र स्थानीय सरकार मध्ये कसैले पनि प्रवेश गर्न नचाहेको डाक्टर मरासैनीले बताएका छन्। उक्त विधि नअपनाएर संक्रमण फैलिसकेपछि लकडाउन गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ। 

कोरोना भाइरस नियन्त्रण गर्न नाकाहरुमा कडाइ गर्नुपर्ने मरासिनीले बताएका छन्। नियमित भिडभाड हुने ठाउँहरु जस्तै विद्यालय, हाटबजार, सीमा नाका लगायतका ठाँउबाट नमूना संकलन गरी परीक्षणको दायरा बढाउनुपर्ने उनको सुझाव छ।  

कमेन्ट लोड गर्नुस