बझाङको एक गाउँपालिकाको गाडी बिजुलीको पोलमा ठोक्कियो
धनगढी: बझाङको मष्टा गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ।
गाउँपालिकाको बा२झ ४२२७ नम्बरको स्कारपियो बिजुल्लीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। उक्त स्कारपियोमा चालक बाहेक अरु कोही सवार नभएको बताइएको छ।
स्कारपियो जयपृथ्वी नगरपालिकाका प्रमुखलाई नगरपालिकामा पुर्याउन गएको र फर्किँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।
दुर्घटनापछि सवारी चालक गगन सिंह दयाललाई नियन्त्रणमा लिएको उनले बताए।
*समाचारमा गाडी नम्बर फरक परेकाले सच्चाइएको छ। -सं