सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकाले आइशोलेसन सेन्टर बनाउने

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र २८, ०१:२२ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइशोलेसन सेन्टर बनाउने भएको छ।

विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा उक्त निर्णय भएको उनले बताए।  झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइशोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको उनले बताए।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कोहीमा कोरोना संक्रमण देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ, भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ। 

कमेन्ट लोड गर्नुस