नेपालमा थप १७६ जनामा कोरोना पुष्टि
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ।