सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा थपिए १७९ कोरोना सङ्क्रमित

२०७७ चैत्र २०, ०७:०५ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन्। यस्तै कूल १११ जना भने निको भएका छन्। विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन्। 

गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नम्बर १ मा नौ र प्रदेश नम्बर २ मा दुई जना सङ्क्रमित भएका छन्। यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ। सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ। 

सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपलिवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ। परीक्षणअनुसार पोजेटिभमध्ये सङ्क्रमण दर चार प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने हालसम्म कूल १७ लाख ९१ हजार ६०६ जनाले कोरोनाको खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस