सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँपालिकाको केन्द्रमा अस्पतालको माग गर्दै सर्वसाधारण आन्दोलित

२०७७ चैत्र १९, ०५:५९ खबर संवाददाता

धनगढीः बैतडीमा अस्पताल निर्माणको माग गर्दै सर्वंसाधारण आन्दोलित भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाका स्थानीय गाउँपालिकाको केन्द्रमै १० शैयाको अस्पताल निर्माण हुनुपर्ने माग गर्दैै आन्दोलित भएका हुन्। 

पञ्चेश्वर– ४ आम्चोराका स्थानीयले गाउँपालिकाले कुलाउमा अस्पताल स्थापना गर्न खोजेको भन्दै केन्द्रमै निर्माण गर्नुपर्ने माग गर्दै उनीहरु संघर्षमा उत्रिएका हुन्। 

गाउँपालिकाका अध्यक्षले एकलौटी गरेको भन्दै आक्रोशित बनेका उनीहरुले आफूहरुका माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। 

यसअघि स्थानीयले गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण समेत गराएका थिए।

संघीय सरकारले पञ्चेश्वरमा १० शैयाको अस्पताल निर्माणका लागि बजेट पठाएको गाउँपालिकाले जनाएको छ। 
 


 

कमेन्ट लोड गर्नुस