बैतडीमा विद्यालयमै ढलेर बेहोस भएकी किशोरीलाई उपचारका लागि धनगढी ल्याइयो
धनगढीः बैतडीमा विद्यालयमा ढलेर बेहोस भएकी किशोरीलाई उपचारका लागि धनगढी ल्याइएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–२ सर्मालीमा रहेको नागार्जुन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई थप उपचारका लागि धनगढी ल्याइएको हो।
विद्यालयका प्रधानाध्यापक महामल सिह सावदले विगत करिब एक हप्तादेखि कक्षा ६ देखि १० सम्मका छात्राहरु बेहोस हुने क्रम बढेको बताए।
उनले कलौनीलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए।
अकस्मात चक्कर आउने, रिङ्गाटा लाग्ने र किशोरीहरु बेहोस हुने क्रममा बृद्धि भएको प्रधानाध्यापक रावल बताउँछन्।