बैतडीमा महिलासँग शंकास्पद रुपमा भेटिएका वडाअध्यक्ष महरामाथि अनुसन्धान सुरु
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।
अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ की एक एकल महिलाको घरमा शंकास्पद रुपमा भेटिएको भन्दै गत बिहीबार महरालाई राति स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थिए।
तिनै महिलासँग यही चैत ५ गते एक होटेलमा भेटिएको भन्दै वडा अध्यक्ष महरालाई प्रहरीले पक्राउ समेत गरेको थियो। त्यो बेला उनकी श्रीमतिले नै प्रहरीलाई खबर गरेकी थिइन।
प्रहरीले नियन्त्रणमा लिएपछि सहमति वडा अध्यक्षलाई छोडेको थियो।
त्यसको एकसाता नबित्दै उनै महिलासँग फेरि वडाअध्यक्ष भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि उनी पुनः पक्राउ परेका थिए।