बैतडीमा शिक्षकलाई तलव खुवाउन होली खेलियो, १ लाख संकलन
बैतडी: बैतडीमा शिक्षकलाई तलव खुवाउन खेलिएको होलीबाट १ लाख रकम संकलन भएको छ।
जिल्लाको पाटन नगरपालिका–९ मा रहेको शिद्धेश्वर मावि हुक्केडाँडाले शिक्षकलाई तलब खुवाउन होली खेलेर रकम संकलन गरेको हो।
विद्यालयमा रहेका निजी श्रोतबाट राखिएका शिक्षकको तलब दिनका लागि होली खेलेर १ लाख ११ हजार २५ रुपैँया संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिह भाटले बताए।
विद्यार्थी, शिक्षक र अभिभावक मिलेर विद्यालय सेवा क्षेत्रभित्र होली खेलेर उक्त रकम संकलन गरेको उनले बताए।
उनले शिक्षकलाई तलब खुवाउन आर्थिक अभावका भएका कारण होली खेलेर आर्थिक संकलन गरेको बताए।