सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२०७७ चैत्र १५, ०३:३१ खबर संवाददाता

बझाङ: बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर जयपृथ्वी नगरपालिका– ८ पैयातोलाकी २५ वर्षिया मञ्जु बमको मृत्यु भएको हो।

घर पोत्ने माटो ल्याउन गएकी बमको आइतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

ढिस्कोले पुरिएकाको अवस्थामा स्थानीय तथा प्रहरीको सक्रियतामा शव निकालिएको छ।

स्थानीय ४ जना महिला आइतबार बिहान माटो लिन जयपृथ्वी नगरपालिका–३ आमपाटा गएका थिए। 

कमेन्ट लोड गर्नुस