सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा फलाम खानी भेटियो

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र १५, ०७:२८ खबर संवाददाता

धनगढी: बैतडीमा फलाम खानी भेटिएको छ । जिल्लाको सिगास गाउँपालिका १ जुकेपानीमा फलाम खानी भेटिएको हो ।

वडाको दाब तथा ढणारीगाड, उत्तरमा जयपृथ्वी राजमार्ग बृन्दावनबाट करिब ३ किलोमीटरभित्र र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा फलाम खानी भेटिएको जनाइएको छ ।

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चिनको संयुक्त साझेदारीमा गाउँपालिका र वडा नम्बर १ को कार्यालयसंग दुई वर्ष पहिले सम्झौता गरी यही चैत्र ८ गतेबाट काम सुरु गरिएको बताइएको छ ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । 


 

कमेन्ट लोड गर्नुस