गोली लागेर घाइते भएका बैतडीका एक जनालाई धनगढी ल्याइयो
धनगढीः गोली लागेर घाइते भएका बैतडीका एक जनालाई धनगढी ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ३ ढडौनका लक्ष्मण चन्दलाई शनिबार बिहान गोली लागेको हो।
घाइते चन्दलाई जिल्ला अस्पताल लगिएकोमा थप उपचारका लागि धनगढी ल्याइएको छ। अफैले बोकेको बन्दुक पट्किएको भनिएको छ। तर पुष्टि नभएको प्रहरीले बताएको छ।
प्रहरी घटनास्थल तर्फ गएको र पुर्ण विवरण नआएको बैतडी प्रहरीले बताएको छ।