बैतडीको शिवनाथमा स्थानीय पाठ्यक्रम तयार
धनगढी: बैतडीको शिवनाथ गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।
गाउँपालिकाका अनुसार पालिका तथा जिल्लाभित्रका रहनसहन, कला सँस्कृती, भेषभुसा, भाषा, धार्मिक एवम् पर्यटकीय आदि क्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएको हो ।
स्थानीय पाठ्यक्रम लागु गर्ने शिवनाथ गाउँपालिका जिल्लाको पहिलो स्थानीय तह भएको समेत जनाइएको छ ।
यसअघि पालिकाले पाठ्यक्रम निर्माणका लागि प्रधानाध्यापकको बैठकबाट विज्ञ समूह गठन गरी तालिममा खटाएको बताइएको छ । पालिकाले अब एक महिनाभित्रै पाठ्यक्रम लागु गरिने बताएको छ ।