अछामको रामारोशनमा हुने भनिएको चित्रकला प्रतियोगिता स्थगित
धनगढी: पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेपछि अछामको रामारोशन गाउँपालिकामा हुने भनिएको चित्रकला प्रतियोगिता स्थगित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाम र रामारोशन क्षेत्र विकास समितीले यही चैत्र १५ गते आयोजना गर्न लागेको राष्ट्रव्यापी बृहत चित्रकला प्रतियोगिता २०७७ नामक सो प्रतियोगिता स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समिती र रामारोशन क्षेत्र विकास समितीसहितको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जनाएको छ ।