बैतडीमा खानेपानीको अभाव
धनगढी: बैतडीमा खानेपानीको अभाव हुन थालेको छ ।
गर्मियाम सुरु भएसँगै जिल्लाका बिभिन्न ठाँउमा खानेपानीको अभाव हुन थालेको हो ।
पाटन नगरपालिका -४ स्थित ठाँड बजार क्षेत्र एवम् वडाकै मुख्य कार्यालयमासमेत खानेपानीको समस्या रहेको बताइएको छ ।
पानीका लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने र १० बजेपछि मात्रै ५ देखि १० लिटरसम्म पानी भर्न पाइने गरेको स्थानीय बताउँछन् ।
विशेषगरी पुरानो इन्टेक र पाइप जीर्ण भइसकेकाले पानी चुहिने भएकाले खानेपानीको समस्या हुने गरेको बताइएको छ ।