मेयर, उप–मेयर कप फुटवलः पुरुषमा वडा नम्बर ११ र महिलामा १२ विजयी
घनगढीः धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा मंगलबारदेखि मनकामना यूवा क्लबको खेल मैदान जुगेडामा मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भएको छ।
पुरुषतर्फ वडा नम्बर ११ र महिलातर्फ वडा नम्बर १२ विजयी भएका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ वडा नम्बर १२ ले वडा नम्बर १ लाई ८–० को फराकिलो अन्तरले पराजित गऱ्यो। त्यस्तै पुरुषतर्फ वडा नम्बर ११ ले वडा नम्बर ३ लाई ३१ ले पराजित गरेको छ।
चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज विष्टले जानकारी दिए।
प्रतियोगितामा प्रथम महिलारपुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्वीतीय हुने टिमले ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने छन्।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।
फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ।