सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजधानी माग्दै दिपायलबासी फेरी सडकमा, आज बन्दको घोषणा

२०७५ असोज १२, ०६:२०

७ नम्बर प्रदेशको राजधानी माग्दै दिपायलमा फेरी आन्दोलन शुरु भएको छ। संसदीय समितिले प्रदेश सभामा आफ्नो प्रतिबेदन पेश गरेसंगै फेरी दिपायलबासी आन्दोलनमा उत्रिएका हुन्। प्रतिबेदनको बिरोधमा बुधबार साँझ दिपायलमा राँके जुलुश निकालिएको थियो । संगै घरघरमा कालोझण्डा पनि राखिएको थियो।  
यस्तै बिहिबार मध्यान्ह जिल्ला सदरमूकाम सिलगढीमा प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा धर्ना गरिएको छ। दिउँसो दिपायल स्थित पिपल्ला बजारमा प्रदर्शन गरिएको छ। प्रदर्शन बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै अधिकांश बक्ताहरुले प्रतिबेदन सच्याएर दिपायल राजधानी तोक्न माग गरे। ‘हाम्रो एउटै माग निर्विकल्प राजधानी दिपायल हो,’ राजधानी आन्दोलन संघर्ष समितिका सदस्य नरेन्द्र खड्काले भने,‘उता धनगढीमा ६ महिनाको अस्थायी राजधानी सर्दा मेयर(नृप ओड)ले जलाउछौ भन्छन। हामी ६ सय ४४ वर्षको ईतिहास मेटिँदा के गर्छौ। सरकार सचेत रहोस् ।’ ‘हाम्रो मागलाई कुनै किसिमको ध्यान नै नदिई यहाँको सम्भावनालाई अध्ययन अवलोकन नै समितिले प्रतिबेदन पेश गरेकोप्रति हाम्रो घोर आपत्ती छ,’ राजधानी आन्दोलनको नेतृत्व गरिरहेका जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले भने,‘पहाड नै नदेखेका, पहाडको भौगोलिकता नबुझेको नेताले दिएको प्रतिबेदन हामीलाई अमान्य छ ।’ आन्दोलनकै कार्यक्रम अनुसार शुक्रबार बन्दको आह्वान गरिएको छ। यद्यपी विहिबारबाट शुरु भएको शिक्षक सेवा आयोगको परीक्षा भने सूचारु हुनदिने संघर्ष समितिले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस