बैतडीको झुलाघाट नाकामा ‘एन्टीजेन’ विधिबाट कोरोना परीक्षण गरिने
बैतडी: छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिसँगै सुदूरपश्चिममा पनि सतर्कता अपनाइन थालिएको छ।
सोही अनुसार बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमा नाकामै कोरोना परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सीमा नाकाबाट फर्कने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको उनले बताए। सीमा नाकामा रहेको हेल्थ डेस्कमार्फत कोरोना परीक्षणको व्यवस्था गरेको उनको भनाई छ।
सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य प्रमुख भट्टले जानकारी बताए।
एन्टीजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय कीट जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालयल जनाएको छ।