सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कुटपिट गरेको आरोपमा २ जना पक्राउ

२०७७ चैत्र १०, ०६:३८ खबर संवाददाता

धनगढीः बैतडीमा कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

जिल्लाको मेलौली नगरपालिका–६ का रबिन्द्र भट्टमाथि कुटपिट गरेको आरोपमा स्थानीय २६ वर्षीय नरेश बिष्ट र २४ वर्षीय गंगा चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले कुटपिटमा संलग्न बिष्ट र चन्दलाई उनीहरुको घरबाट नियन्त्रण्मा लिएर अनुसन्धान भइरहेको बताए। 

कुटपिटबाट घाइते भएका भट्टको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा पठाइएको छ।

पुरानो रिसिबीका कारण उनीहरुले भट्टमाथि कुटपिट गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस